राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी विधेयक फिर्ता



काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी विधेयक फिर्ता गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानकोल धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश राष्ट्रपति समक्ष पेश भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै संविधानको धारा ११३ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा फिर्ता पठाएकी हुन् ।

जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानले पनि वंशजको नागरिकता पाउने तथा आमाको नामबाट समेत नागरिकता पाउने व्यवस्थासहित नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

दुबै सदनबाट पारित भएपछि साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति समक्ष पठाएका थिए ।


क्लिकमान्डु