जोनसन एण्ड जोनसन कम्पनीले बेबी टलकम पाउडर उत्पादन र बिक्री बन्द गर्ने



जोनसन एण्ड जोनसन कम्पनीले बेबी टेलकम पाउडरको बिक्री बन्द गर्ने भएको छ ।

कम्पनीले कानूनी लडाइबाट दिक्क भएपछि सन् २०२३ देखि पाउडरको उत्पादन तथा बिक्री बन्द गर्ने निर्णय गरेको हो । कम्पनीको पाउडर अमेरिका र क्यानडामा एक वर्षअघिदेखि नै बिक्री बन्द भइसकेको छ ।

कम्पनीले उत्पादन गर्ने उक्त पाउडरका कारण क्यान्सर भएको भन्दै कम्पनीविरुद्ध सन् २०२० मा विश्वभर हजारौं मद्दा दर्ता भएका छन् । त्यति मात्रै नभइ रिपोर्टहरु प्रकाशित भएपछि कम्पनीको उक्त पाउडरको बिक्रीमा पनि भारी गिरावट देखिएको थियो । सोही कारण कम्पनीले टेल्क बेस्ड पाउडरको स्थानमा कार्न स्टार्च बेस्ड पाउडर उत्पादन गर्नेछ ।

टेल्क एक प्राकृतिकरुपबाट उत्पादन गरिने मिनरल हो । जसमा म्याग्निसियम, सिलिकन, अक्सिजन तथा हाइड्रोजन हुन्छ ।

रासायनिक रुपमा टेल्क एक हाइड्रोस म्याग्निसियम सिलिकेट हो । कम्पनीले भने लामो समयदेखि उत्पादित पाउडर सुरक्षित भएको दाबी गर्दै आएको छ ।

पछिल्लो १ वर्षमा कम्पनीले मुद्दा लड्नका लागि मात्रै करिब १ खर्ब २७ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । कम्पनीले उक्त पाउडर सन् १८९४ ले बिक्री गरिरहेको छ ।


क्लिकमान्डु