सिटिजन्स बैंक र कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चबीच समझदारी



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कैलाली, टिकापुरस्थित कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चर प्रालिबीच आर्कषक छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले कर्णाली र्याफ्टिङका र्याफ्टिङ प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, इकेवाइसी तथा नागरिक एपमार्फत् अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ ।

साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उदेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा [email protected] मा ईमेल गरी प्राप्त गर्न सक्नेछन् ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिब १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु