सान्जेन जलविद्युतले स्थानीयका लागि आइपीओ निष्कासन गर्ने



काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीले आयोजना प्रभावित स्थानीयबासीका लागि भदौदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको आइपीओमा स्थानीयबासीले भदौ ५ गतेदेखि आवेदन दिन पाउनेछन् । आइपीओ निष्कासन छिटोमा भदौ १९ गते र ढिलोमा असोज ४ गते बन्द हुनेछ ।

सान्जेन (माथिल्लो) र सान्जेन जलविद्युत् आयोजनाको कुल लागत ११ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ । कम्पनीको विद्युत् उत्पादन अनुमतिको बाँकी अवधि २८ वर्ष भने साधारण लगानी फिर्ता हुने अवधि ८.९० वर्ष तोकिएको छ ।

कम्पनीको आइपीओमा आमाछोदीङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४, गोल्छुङ सामान्य प्रभावित आमाछोदङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित वर्गमा पर्ने बासिन्दाहरुका लागि सेयर बाँडफाँट गर्दा सोको अनुपात क्रमशः ४ः२५ः३ र १ः५ः१ हुने गरी सेयर बाँडफाँट गरिनेछ ।


क्लिकमान्डु