मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले मंसिर ४ गते आइतबार एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले भने मंसिर २ गते निर्वाचन गर्नका लागि सिफारिस गरेको थियो ।

बुधबार सत्तारुढ गठबन्धनका दलहरुबीच भएको छलफलमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको थियो । साेही सहमितका आधारमा बिहीबार मन्त्रिपरिषदको निर्णय गरेको हो ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सांसदका लागि निर्वाचन हुनेछ । त्यसैगरी प्रदेशतर्फ ७ प्रदेशका प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० सांसदका लागि निर्वाचन हुनेछ ।


क्लिकमान्डु