स्थानीय तहहरुलाई सामान्य प्रशासनको परिपत्रः करारमा कर्मचारी भर्ना नगरी लोकसेवा आयोगबाटै गर्नु



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै करारमा कर्मचारी भर्ना नगर्न भनेको छ ।

मन्त्रालयले मंगलबार सबै स्थानीय तहहरुलाई लोकसेवा आयोगबाटै कर्मचारी पदपूर्ती गर्न भनेको हो । मन्त्रालयले करारमा कर्मचारी नियुक्ती नगरी लोकसेवा आयोगबाटै पदपूर्ती गर्न भनेको हो ।

यसअघि करारमा भएका कर्मचारीहरुलाई एकमुष्ठ रुपमा हटाइ पुनः सयौंको संख्यामा विज्ञापन गरेको र खाली पदमा लोकसेवा आयोगबाट पदपूर्ती नगरेको पत्रमा उल्लेख छ ।

‘रिक्त पदमा लोकसेवा आयोगसँग माग नगरी करारलाई नै निरन्तरता दिइ बदनियत राखिएको र योग्यता एवम् प्रणालीको उपहास भइरहेको भन्ने उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त हुन आएको हुँदा यस्ता विषयमा कानून बमोजिम गर्नु÷गराउनु हुन आदेश अनुसार अनुरोध छ,’ उनले भने ।


क्लिकमान्डु