श्वेत गंगा हाइड्रोपावरको सेयर बाँडफाँट, कसले पाए ११ कित्ता ?



काठमाडौं । श्वेत गंगा हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

माग भन्दा बढी आवेदन परेका कारण सेयरका बाँडफाँट गोलाप्रथामार्फत भएको छ । बाँडफाँटमा २ लाख २७ हजार २ जनाले सेयर हात पारेका छन् । ५ जनाले भने ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइपीओमा १५ लाख ४३ हजार ९५४ जनाले आवेदन दिएकोमा ४ हजार ४४० जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले साउन ४ देखि ८ गतेसम्म आइपीओ निष्कासन गरेको थियो । आइपीओको नतिजा बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट, श्वेत गंगा हाइड्रोपावरको वेबसाइट, मेरो सेयर र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु