मन्दाकिनी हाइड्रोपावरको सेयर बाँडफाँट, ९ जना बने भाग्यमानी



काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको साधारण सेयर बाँडफाँट भएको छ । सेयरमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट गरिएको हो ।

आइपीओमा आवेदन दिनेमध्ये एक लाख नौ हजार ३७४ जनाले सेयर हात पारेका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । सेयरमा १५ लाख ४७ हजार ९४९ जनाले आवेदन दिएकामा १ हजार ६६५ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले साउन ९ देखि १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँको सेयर निष्कासन गरेकामा ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो भने बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

सेयरको नतिजा भने बिक्री प्रबन्धक बीओके क्यापिटलको वेबसाइट, मेरोसेयर मन्दाकिनी हाइड्रोपावरको वेबसाइट तथा सीडीएससीले सेयरको नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु