अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा नियुक्त हुँदै, प्रचण्डले गरे सिफारिस



काठमाडौं । जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार विहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै नियुक्त गर्न सिफारिस गरेका हुन् ।

बालुवाटार स्रोतका अनुसार माओवादी केन्द्रले आधिकारिक रुपमा सिफारिस गरे आजै शर्मा अर्थमन्त्रीमा सपथ ग्रहण गराउने तयारी भइरहेको छ । शर्माले अर्थमन्त्री पदबाट असार २२ गते राजीनामा दिएका थिए ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले शर्माको संलग्नता नभेटेपछि माओवादी केन्द्रले शर्मालाई नै अर्थमन्त्रीमा नियुक्त गर्ने निर्णयमा पुगेको हो ।

चालु आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्मामाथि छानबिन समिति गठन भएको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए ।


क्लिकमान्डु