सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ कायम भएकोमा आइतबार ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएकोमा आइतबार १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु