जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन सभामुखलाई बुझाइयो



काठमाडौं । संसदीय छानबिन विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरेको छानबिनको प्रतिवेदन बुझाएको छ ।

शुक्रबार दिउँसो समितिले तयार पारेको प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटलाई समिति सभापति लक्ष्मणलाल कर्णले बुझाएका छन् ।

चालु आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपपछि शर्माविरुद्ध संसदीय छानबिन समिति गठन गरिएको थियो । समितिले १७ दिन लगाएर प्रतिवेदन तयार पारी शुक्रबार प्रतिवेदन बुझाएको हो ।


क्लिकमान्डु