सीवाईसी नेपाल लघुवित्तको नाफा ५५ प्रतिशतले बढ्यो



काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ८ करोड ३ लाख २९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५५.०८ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा संस्थाले ५ करोड १८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाले २१ करोड ९९ लाख ५४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५७.२३ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा कम्पनीले १३ करोड ९८ लाख ८९ हजार रूपैयाँ खुद ब्याज आम्दानी थियो ।

त्यस्तै, लघुिवत्तको कुल सञ्चालन आम्दानी अघिल्लो आवको तुलनामा ११४.७७ प्रतिशतले बढेको छ । गत आवमा संस्थाले ३६ करोड ५१ हजार रूपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाको यस्तो आम्दानी १६ करोड ७६ लाख ४५ हजार रूपैयाँ मात्रै थियो ।

संस्थाको सञ्चालन नाफा अघिल्लो आवको तुलनामा ६२.११ प्रतिशतले बढेको छ । गत आवमा संस्थाको सञ्चालन नाफा ३ करोड ३८ लाख ३० हजार रूपैयाँ छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा अघिल्लो आवमा २ करोड ८ लाख ६९ हजार रूपैयाँ रहेको थियो ।

अघिल्लो आवको तुलनामा लघुवित्तको सापटी ४६२.८७ प्रतिशतले बढेर १ अर्ब ६४ करोड २९ हजार रूपैयाँ पुगेको छ । गत आवमा संस्थाको निक्षेप ५७.६७ प्रतिशत र कर्जा १०५.२१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ४८.१५ प्रतिशतले बढेर १२ करोड १६ लाख ४१ हजार रूपैयाँ पुगेको छ । यस्तै, जगेडा कोष १९९.७२ प्रतिशतले बढेर २८ करोड ८ लाख १९ हजार रूपैयाँ पुगेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६६.०४ रूपैयाँ छ ।


क्लिकमान्डु