वडवाइजर प्रिमियम बियरको सफलतापछि स्ट्रोङ सेग्मेन्टको ‘म्याग्नम’ आउँदै



काठमाडौं । नेपाली बजारमा छोटो समयमै बडवाइजर प्रिमियम लोकप्रिय भएपछि अब स्ट्रोङ सेग्मेन्टमा पनि आउने भएको छ ।

नेपालमा बडवाइजरको प्रिमियम सेग्मेन्टमा उत्पादन तथा बिक्री वितरण गरिरहेको जाउलाखेल ग्रुप अफ इन्ड्रष्ट्रि अन्र्तगत राज बु्रअरीले बडवाइजर म्याग्नम सेग्मेन्टमा ल्याउन लागेको हो । बडवाइजर म्याग्नम स्ट्रोङ सेग्मेन्ट अन्र्तगतको बियर हो ।

बडवाइजर म्याग्नमलाई आगामी हप्ता मंगलबारसम्म सार्वजनिक गर्न लागिएको कम्पनीका चिफ मार्केटिङ अफिसर वैभव शर्माले जानकारी दिए ।

‘प्रिमियम सेग्मेन्ट लोकप्रिय भएपछि म्याग्नम पनि ल्याउँदै छौं,’ शर्माले भने, ‘आगामी हप्ता सार्वजनिक हुन्छ ।’

म्याग्नम शुरुमा काठमाडौं बाहिरबाट गर्न लागिएको शर्माले बताए । उनका अनुसार पहिलो चरणमा बुटबल, भैरहवा र सुदूरपश्चिममा क्षेत्रमा सार्वजनिक गरिनेछ । त्यसको केही समयपछि मात्रै काठमाडौंमा सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए ।

बडवाइजर म्याग्नममा अल्कोहलको मात्रा ६.५ प्रतिशत हुनेछ । प्रिमियम माइल्ड सेग्मेन्टको बियरमा भने अल्कोहलको मात्रा ५ प्रतिशतभन्दा कम छ ।

स्ट्रोङ सेग्मेन्ट अन्र्तगतको बडवाइजर म्याग्नम ठूलो र सानो बोतलमा आउने छ । ठूलो बोतलको मूल्य ३६० रुपैयाँ राखिएको छ ।

नेपालमा स्ट्रोङ बियर माइल्डभन्दा अलि सस्तो हुने गरेको छ । जस्तो कि गोर्खा स्ट्रोङको ३१० रुपैयाँ, नेपाल आइस स्ट्रोङको ३२० रुपैयाँ, टुबोर्ग स्ट्रोङ ३६० रुपैयाँ हारहारीमा बजारमा उपलब्ध छ ।

‘म्याग्नम बियर प्रिमियम जस्तो मीठो छ,’ शर्मा भन्छन्, ‘भारतमा पनि यसलाई प्रिमियम बियर भनेर नै बुझ्छन् । दुबै प्रिमियम हुन् ।’

बडवाइजर म्याग्नम स्ट्रोङ भए पनि प्रिमियम सेग्मेन्टमा ल्याउन लागिएको उनले बताए । भारतमा म्याग्नम प्रिमियमभन्दा महंगो भएको उनी बताउँछन् । उनका अनुसार भारतमा बडवाइजरको बजारमध्ये ८० प्रतिशत म्याग्नमको छ ।

नेपालमा बियरको बजारमध्ये स्ट्रोङ सेग्मेन्टले ८० प्रतिशत हिस्सा ओगट्छ । स्ट्रोङ सेग्मेन्टमा गोर्खा, अर्ना, टुबोर्ग, नेपाल आइसलगायतका बियर लोकप्रिय छन् ।

स्ट्रोङ सेग्मेन्ट आएपछि नेपालमा बियरको बजार अझ धेरै बिस्तार भएको छ । तर, यसले प्रिमियमलाई भने असर गरेको व्यवसायीहरुको बुझाइ छ ।

पछिल्लो समय स्ट्रोङको बजार ह्वात्तै बढेपछि प्रिमियम बियर धेरै खस्किएको थियो । वडवाइजर प्रिमियम आएपछि भने प्रिमियमको बजारलाई टिकाइराखेको शर्मा बताउँछन् ।

सन् १८७६ मा अमेरिकामा स्थापना भएको एनहाइजर बुस इनबेभ कम्पनीले यो बडवाइजर उत्पादन गर्छ । तत्कालीन समयमा यसलाई किङ अफ बियरका नामले चिनिन्थ्यो ।

यो बियर विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने बियरमा पर्छ । अमेरिकामा पनि सबैभन्दा बढी बिक्री हुनेमा यही बियर छ ।

स्टाटिस्टा डट कमका अनुसार यो बियर कम्पनीको बजार मूल्य सन् २०२० मा १४ हजार ६५४ बिलियन डलर थियो ।


क्लिकमान्डु