धितोपत्र बोर्डले कर्मचारीलाई गाडी किन्न कर्जा दिने



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कर्मचारीहरुलाई सवारी साधन खरिद गर्नका लागि कर्जा उपलब्ध गराउने भएको छ ।

बिहीबार सेबोनले चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर्मचारीको मनोबल बढाउनका लागि कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

‘बोर्डका कर्मचारीहरुको मनोबल उच्च बनाउन कर्मचारीहरुका लागि कर्मचारी सवारी सुविधा योजना (ओवाईभीएस) तर्जुमा गरी लागू गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

ओवाईभीएसलाई ‘ओन युअर भेहिकल स्किम’ अन्तर्गत सवारी साधन खरिदमा कर्जा उपलब्ध गराउन लागिएको हो ।


क्लिकमान्डु