अमेरिकामा फेरि बढ्यो ब्याजदर, सन् २०२२ मा फेडले बढायो तेस्रो पटक ब्याजदर



काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बोर्ड (फेड)ले फेरि बैंक दर बढाउने निर्णय गरेको छ ।

अमेरिकी केन्द्रीय बैंकका गभर्नर क्रिस्टोफर वालरले गत जुन तेस्रो साथा ०.७५ प्रतिशत विन्दुदेखि १ प्रतिशत विन्दुसम्मले ब्याजदर बढ्ने संकेत गरेका थिए ।

बिहीबार फेडले बैंक दर ०.७५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको छ ।

गत जुनमा ३० वर्षपछि उच्च दरमा मुद्रास्फीति बढेपछि बजारमा मुद्राको प्रवाह कम गर्न फेडरल रिजर्भले फेरि ब्याजदर बढाएको हो ।

फेडरल रिजर्भले गत मार्चमा ०.२५ प्रतिशत र मेमा पनि ०.७५ प्रतिशत विन्दुले बढाएको थियो । सन् १९९४ पछि पहिलोपटक ०.७५ प्रतिशत विन्दुले ब्याजदर बढेको थियो । बिहीबार भएको बृद्धिपछि अमेरिकामा बैंक दर २.२७ प्रतिशत पुगेको छ ।

कोरोना महामारीका क्रममा अमेरिकी सरकारले दिएको बिभिन्न प्याकेजले बजारमा मुद्रा आप्रवाह वृद्धि हुँदा अमेरिकामा महँगी बढ्दो क्रममा छ । बजारमा मुद्राको आप्रवाह घटाउन फेडले बैंक दर बढाएको हो ।


क्लिकमान्डु