सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएकोमा ३० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु