११.६८ अंकले उकालो लाग्यो नेप्से, पौने २ अर्बको कारोबार



काठमाडौं । मंगलबार नेप्से परिसूचक ११.६८ अंकले उकालो लागेको छ । यो दिनको कारोबारमा ४८ लाख ६७ हजार ५६१ कित्ता सेयर पौने २ अर्ब अर्थात् १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा १३० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४९ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै, १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा सप्तकोसी जलविद्यत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै सेयर मूल्य बढ्ने अन्य कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभपलमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स कम्पनी, सनराइज फस्ट म्यूचुअल फण्ड र अरुण काबेली पावर लिमिटेड छन् ।

त्यसैगरी कारोबारका आधारमा अरुण काबेली पावर लिमिटेड, गोर्खा फाइनान्स, शिवम् सिमेन्ट, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर र एचडीएल शीर्ष स्थानमा छन् ।


क्लिकमान्डु