कर्मचारी सञ्चय कोषमा ५८ जनालाई खुल्यो जागिर
काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ५८ जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । मंगलबार सूचना प्रकाशित गर्दै कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका लागि जागिर खुलाएको छ ।
जसमध्ये सहायक पदमा २४ जना, सबइन्जिनिर १ जना, प्रमुख सहायक १, सहायक प्रबन्ध १, सहायक प्रबन्धक २३ जना, उपप्रबन्धक, २ जना, उपप्रबन्धक ३ जना, प्रबन्धक २ जना वरिष्ठ प्रबन्धक १ जनाका लागि जागिर खुलाएको हो ।
यससँगै योग्य तथा इच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । साथै, सो मितिसम्म दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म दरखास्त दिन सक्नेछन् ।