सिजी नेटले १० महिनामा बनायो २२ हजार ग्राहक



काटमाठौं । इन्टरनेट बजारमा हस्तक्षेप गर्ने रणनीतिसहित बजारमा प्रवेश गरेको सिजी नेटले सेवा शुरु गरेको १० महिनामा २२ हजार ग्राहक बनाउन सफल भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्टअनुसार सेवा शुरु गरेदेखि चैत महिनासम्म २२ हजार २ सय ९५ ग्राहक बनाएको छ ।

सिजी नेटले २०७८ जेठ १८ गतेदेखि काठमाडौंबाट इन्टरनेट सेवा शुरु गरेको थियो ।

१२० एमबीपएएस गतिको इन्टरनेट ९९९ मा उपलब्ध गराउँदै आक्रमक बजार विस्तार गर्ने घोषणा गरेको थियो । शुरुवातमा केही क्षेत्रबाट शुरुवात भएको सिजी नेटलाई एक वर्षभित्र उपत्यका क्षेत्रमा बिस्तार गर्ने घोषणा गरेको थियो ।

सिजीले सस्तो दरमा इन्टरनेट उपलब्ध गराएपछि बजारमा प्रतिस्पर्धामा रहेका अन्य कम्पनीहरुले मूल्य घटाउन बाध्य भएका थिए ।

हाल नेपालमा ५७ वटा इन्टरनेट सेवा प्रदायक सञ्चालनमा छन् ।

जसका २० लाख ५३ हजार ग्राहक रहेका छन् । अधिकांश ग्राहकको हिस्सा आधा दर्जन इन्टरनेट कम्पनीले ओगटेका छन् ।


क्लिकमान्डु