उद्योगका श्रमिकको कोरियन भाषा परीक्षा साउन २ गते



काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गतको उत्पादनमूलक क्षेत्रको कोरियन भाषा परीक्षा आगामी साउन २ गते हुने भएको छ ।

इपीएस कोरिया शाखाले मंगलबार सूचना जारी गर्दै उत्पादनमूलक क्षेत्रको कोरियन भाषा परीक्षा आगामी साउन २ गते हुने जनाएको हो ।

शाखाले भाषा परीक्षाका लागि विभिन्न समय तोकेको छ । शाखाका अनुसार पहिलो सिफ्टमा परीक्षार्थीहरूको बायोमेट्रिक भेरिफाइ तथा अभिमूखीकरणको समय बिहान ८ बजेदेखि तोकेको छ भने परीक्षा १० बजेबाट शुरु हुनेछ ।

त्यस्तै, दोस्रो सिफ्टको परीक्षार्थीहरूको बायोमेट्रिक भेरिफाई तथा अभिमूखीकरण समय बिहान साढे ९ बजे र तेस्रो सिफ्टको दिउँसो १२ बजेदेखि हुने सूचनामा उल्लेख छ । उक्त सिफ्टको परीक्षार्थीको क्रमशः साढे ११ बजे र दिउँसो २ बजे परीक्षा हुने इपीएसले जनाएको छ ।


क्लिकमान्डु