धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई बालेनले तिराए २५ हजार जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

मेयर बालेन शाहले धोबिखोलामा फोहोर फाल्ने प्राक्टिकर वेस्ट सोलुसन प्रालि कम्पनीलाई जरिवाना तिराइएको जानकारी दिएका छन् ।

‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानबिन गरी उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार २५ हजार रुपैयाँ जरिवाना गरेका छौं,’ उनले भनेका छन् ।

उनले कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी रहेको बताए । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा धन्यवाद समेत दिएका छन् ।

‘आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दछौं,’ बालेनले भनेका छन् ।


क्लिकमान्डु