सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जरको सम्झौता, स्वाप रेसियो १ः१



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सिद्धार्थ इन्स्योरेन्सका सूचना अधिकारी सुदर्शन आचार्यकाअनुसार यी दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षले आज मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सूचना अधिकारी आचार्यकाअनुसार सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ हुने छ ।

हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रूपैयाँ र प्रिमियरको १ अर्ब २२ करोड ७६ लाख रूपैयाँ छ ।

नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५६ लाख रूपैयाँ पुग्नेछ ।

बीमा समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो ।

सो बमोजिम कम्पनीहरूले यहि चैत मसान्तभित्रमा तोकिएको पुँजी पुर्याउनु पर्नेछ ।

हालसम्म निर्जीवन बीमा कम्पनीतर्फ हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जरमा जाने निर्णय लिएका छन् ।


क्लिकमान्डु