नबिल र एनबी बैंकबीच एकीकृत कारोबार शुरु, ‘मर्जरले इतिहासमा महानता प्रर्दशन गरेको छः मुख्य सचिव वैरागी



काठमाडौं । मुख्य सचिव शंकरदास बैरागीले नबिल र नेपाल बंगलादेश बैकको मर्जरले नेपालको इतिहासमा महानता प्रदर्शन गरेको बताएका छन ।

सोमबार दुई बैकको एकीकृत करोबार घोषणा कार्यक्रममा बोल्दै यो मर्जरले समाजिक उत्तरदायीत्वको राम्रो उदाहरण देखाएको बताए ।

मर्केट सेयर, भ्यालु एड, सबैभन्दा ठूलो पुँजीका रुपमा बैंक स्थापित हुने उनको भनाइ छ ।

नेपाल श्रीलंका हुने भन्ने बजारको हल्ला चले जस्तो नराम्रो अवस्था नभएको समेत उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले नबिल बैंक पहिलो ज्वान्ट भेन्चर भएकाले पनि नयाँ प्रबिधि ल्याउन बैंक सफल भएको बताए ।

मर्जर समितिका सदस्य उपेन्द्र थापाले अन्य मर्जरभन्दा यो फरक रहेको बताए । दुई ठूला बैंकको मर्जरले सरकरको मर्जर नीतिलाई पूर्णरुपमा सफल पारेको बताए । यो मर्जर समयभित्र सकिएको र अरुलाई पनि प्रोत्साहन गरेको बताए ।

‘यो एक्विजिसन भनेको खरिद नभएर मर्जर हो,’ उनले भने, ‘यसलाई खरिदको रुपमा लिन मिल्दैन ।’

उनले यो मर्जरपछि बैंकको कुल पुँजी ५० अर्ब रुपैयाँको हुने बताए । जुन नेपाल दुरसचार कम्पनी बाहेक अरु कुनै कम्पनीको नभएको उनको भनाइ छ ।


क्लिकमान्डु