रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक समूहतर्फका सञ्चालक समितिका सदस्यहरूको कार्यकाल थप



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक समूहतर्फका सञ्चालक समितिका सदस्यहरूको कार्यकाल थप भएको छ ।

२०७५ असार ३१ मा भएको कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट निर्वाचित भइ विद्यमान संस्थापक समूहतर्फका सदस्यहरूको कार्यकाल थप गरिएको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको अध्यक्षमा ताराचन्द्र केडिया छन् । यस्तै, सञ्चालकमा भरतकुमार तोदी, जगदीशकुमार अग्रवाल र अमितकुमार बेगानी छन् ।

चारै जनाको कार्यकाल २०७९ असार ३० मा सकिने कम्पनीले जनाएको छ ।

तर, कम्पनीको आगामी साधारणसभाले निर्वाचित भई आउने संस्थापक तर्फका सञ्चालक सदस्यहरूलाई कार्यभार हस्तान्तरण नगरून्जेलसम्मका लागि हालकै संस्थापक समूहतर्फका सञ्चालकहरूको कार्यकाल थप गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु