सीमित व्यक्तिमा मात्रै कर्जाको पहुँच हुँदा अर्थतन्त्रमा समस्या आयोः दिव्यमणि राजभण्डारी



काठमाडौ । सांसद दिव्यमणि राजभण्डारीले बैंकबाट जाने कर्जा सीमित व्यक्तिको पहुँचमा रहेकाले अर्थतन्त्रमा समस्या भएको बताएका छन् ।

बैंकले केही समूहलाई मात्रै लगानी गर्दा उनीहरु माथि जाने अरु तल पर्ने समस्या बढेको उनले बताए । आगामी दिनमा केही घरानामा मात्रै जाने ऋणमा सचेत हुनुपर्ने उनले सुझाव दिए । उनले ५० अर्ब रुपैयाँ अनुत्पादक क्षेत्रमा गएको बताए ।

सोमबार अर्थसमितिको बैठकमा बोल्दै उनले कृषिका नाममा ऋण लिएर अन्यत्र लगानी भइरहेको भन्दै यसमा सचेत हुनुपर्ने बताए ।

उनले देशको आर्थिक अवस्था श्रीलंकामा जस्तो भनिएको र यस विषयमा बहस आवश्यक भएको बताए ।

उनले राष्ट्र बैंकलाई आफैले अनुमति दिएको मनि एक्सचेञ्ज कसरी चलिरहेको छ भन्ने विषयमा मनिटरिङ गरेको छ कि छैन भन्दै प्रश्न समेत गरे ।


क्लिकमान्डु