लगानीकर्तालाई हात खाली बनाएको सिन्धु विकास बैंकको बुक क्लोज कहिले ?



काठमाडौं । सेयर लगानीकर्ताको हात खाली बनाएको सिन्धु विकास बैंकले असार २७ गते बुक क्लोज गर्ने भएको छ ।

साउन ६ गते १२ औं बार्षिक साधारणसभा गर्न लागेको कम्पनीले असार २७ गते १ दिन मात्रै बुक क्लोज गर्न लागेको जनाएको छ । असार २६ गतेसम्म सेयरधनी बनेका लगानीकर्ता मात्रै साधारण सभामा माग लिन पाउनेछन् ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीको हात खाली बनाएको छ । बैकले लगानीकर्तालाई उक्त आवको नाफाबाट कुनै पनि लाभांश नदिने भएको छ ।


क्लिकमान्डु