नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुंगाना



काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा ज्ञानेन्द्र ढुंगानाले कार्यभार सम्हालेका छन् ।

ढुंगाना यसअघि नेपाल बंगलादेश बैंक (एनबि)मा सीइओ थिए । एनबी बैंकलाई नबिल बैंकले १००ः४३ स्वाप रेसियोमा प्राप्ति गरेपछि ढुंगाना नबिल बैंकका सीइओमा नियुक्त भएका हुन् ।

यसअघिका सीइओ अनिल शाहले १० दिनअघि नै विदा भइसकेका छन् ।


क्लिकमान्डु