५० खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेपको आकार ५० खर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेपले बुधबार नयाँ रेकर्ड राख्दै ५० खर्ब कटेको हो ।

राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग ५० खर्ब ४ अर्बको निक्षेपको आकार छ ।

यस्तै कर्जा ४७ खर्ब ९ अर्ब रहेको छ । गतवर्ष असार मसान्तमा ४७ खर्ब ४० अर्ब निक्षेप बैंक तथा वित्तीय संस्थासँग थियो ।

बैंकिङ प्रणालीमा रहेको निक्षेपमा वाणिज्य बैंकमा ४४ खर्ब १८ अर्ब तथा विकास बैंक र फाइनान्स कम्पनीसँग ५ खर्ब ८७ अर्ब छ ।

बैंकमा निक्षेप बढ्दै गएपछि कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ८९.०६ प्रतिशतमा आएको छ ।


क्लिकमान्डु