एसपीपीका विषयमा प्रधामन्त्रीले संसदमा जवाफ दिनुपर्छः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) सम्झौताबारे प्रधानमन्त्रीसमक्ष जवाफ माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले संसद र समितिका बैठकहरुमा सांसदहरुले प्रश्न उठाएको र यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल संसदमा स्पष्ट जवाफ दिनुपर्ने बताए ।

‘केही समयअघि हामीले संसदबाट एमसीसी पास गर्यौ, यस्तो विकास साझेदारीको विषय भारत, चीनलगायतका देशसँग सम्झौता गर्नु गलत होइन, तर नेपाली सेना संलग्न हुने विषयमा हाम्रो असहमति छ,’ उनले भने, ‘सामरिक विषयमा शक्ति राष्ट्रसँग नजिक पनि जाने होइन र यो संविधानले पनि यही नै भन्छ ।’

उनले नेपाल सामरिक स्वार्थ भएको विषयमा नेपालले पक्ष लिन नहुने भन्दै प्रधानमन्त्रीले तत्काल संसदमा उभिएर उत्तर दिनुपर्ने बताए ।


क्लिकमान्डु