बन्चरेडाडाँका स्थानीयलाई सहजिकरण गरिदिन मन्त्री झाँक्रीलाई मेयर साहको अनुरोध



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले शहरी विकास मन्त्रालयलाई फोहोर फाल्न बन्चरेडाडाँका स्थानीयलाई सहजिकरण गरिदिन आग्रह गरेका छन् ।

उनले काठमाडौंको फोहोर बन्चरेडाडाँमा तत्काल फाल्नका लागि स्थानीयबासीसँग सहजीकरण गरिदिन शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई आग्रह गरेका हुन् ।

जवाफमा मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग आफु सहकार्य गर्न सधैं तयार रहेको बताइन् ।

काठमाडौं महानगरको फोहोर बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नुपर्ने उनले बताएकी छिन् ।
काठमाडौं महानगरपालिकाका मेयर र उप मेयरसँगको भेटमा मन्त्री झाँक्रीले उक्त कुरा बताएकी हुन् ।

मन्त्री झाँक्रीले तत्काल काठमाडौंको फोहोर व्यवस्थापन बन्चरेडाडाँमा पुरानै तरिकाले भइरहेको भएपनि अब वैज्ञानिक तवरले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

भेटमा महानगरका प्रमुख वालेन्द्र साहले बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्नको लागि शहरी विकास मन्त्रालयलाई सहयोग गर्न आग्रह गरेका थिए ।

साहले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा फोहोर व्यवस्थापन गर्न मन्त्रालयले व्यक्त गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न आग्रह गरे ।

भेटवार्तामा बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रविन्द्र बोहराले बन्चरेडाडाँमा तत्काल फोहोर व्यवस्थापन गर्न सकिने गरी काम सम्पन्न भइसकेको जानकारी दिए ।

उनले बन्चरेडाडाँको दीर्घकालीन र वैज्ञानिक फोहोर व्यवस्थापनका लागि घरघरमै फोहोर वर्गीकरण गरेर संकलन गर्न आवश्यक रहेकोमा जोड दिए ।


क्लिकमान्डु