निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्छः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन् ।

गत साता सर्बोच्च अदालतले निजगढ विमानस्थल नबनाउन आदेश दिएको थियो । अदालतले अर्को उपयुक्त ठाउँ खोजेर विमानस्थल बनाउन भनेको थियो ।

तर, अर्थमन्त्री शर्माले आइतबार सार्वजनिक गरेको बजेटमा लगानी बोर्डमर्फत् निजगढ विमानस्थल बनाउने घोषणा गरेका थिए ।

बजेटपछिको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले निजगढ विमानस्थल बनाएरै छाड्ने बताए ।

सरकारले लामो समय अध्ययन गरेर निजगढ विमानस्थल बनाउने निर्णयमा पुगेको थियो । उक्त विमानस्थलका लागि अहिलेसम्म झन्डै ३ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

अदालतले निजगढ विमानस्थल नबनाउनू भन्ने आदेश दिएपछि राजनीतिक वृत्तमा यसको ठूलो चर्चा छ । संसदमा बोल्ने अधिकांश सांसदहरुले अदालतको उक्त आदेश पुनरावलोकन गर्न आग्रह गरेका छन् ।


क्लिकमान्डु