मध्यपहाडी राजमार्गमा पर्ने १० नयाँ सहर निर्माणका लागि ३ अर्ब १० करोड विनियोजन



काठमाडौं । सरकारले मध्यपहाडी राजमार्गमा पर्ने दश नयाँ सहर आयोजना सम्पन्न गर्न ३ अर्ब १० करोड विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विकासको आधार भन्ने नारालाई मूर्तरूप दिन सो व्यवस्था गरेको बताए ।

त्यसैगरी, प्राकृतिक विपद्को समयमा उद्धार तथा राहत कार्यमा समेत उपयोग हुने गरी उपत्यकाका लैनचौर, बानेश्वर, मिनभवन र पुलचोकमा गरी चार स्थान तथा ७ प्रदेशका घना बस्ती भएका दश ठूला सहरहरूमा उद्दार केन्द्रसहितको पार्क निर्माण गर्न आवश्यक बजेट विनियोजन विनियोजन गरेको अर्थमन्त्रीले जानकारी दिए ।

साथै, काठमाडौं उपत्यकाको स्याटेलाइट सहरहरूको दीर्घकालीन विकासका लागि एकीकृत गुरूयोजना तयार गरिने उनले जिकिर गरे ।

‘उपत्यकाका पुराना र अव्यवस्थित बस्तीहरूलाई हाउस पुलिङको नीति लिई नयाँ र व्यवस्थित शहरको रूपमा विकास गर्न अध्ययन तथा पूर्वतयारीका कार्य गरिनेछ।

पुराना साँस्कृतिक सहर र सम्पदाहरूको संरक्षण गर्न सहर पुनर्जीवन कार्यक्रम सञ्चालन गरिनेछ,’ बजेटमा उल्लेख छ ।


क्लिकमान्डु