रेल निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट
काठमाडौं । सरकारले रेल र मेट्रोरेल निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रेल र मेट्रोरेल निर्माणका लागि सो रकम विनियोजन गरेको हो ।
अर्थमन्त्री शर्माले पूर्वपश्चिम रेलमार्ग, बर्दिबास निजगढ खण्डका लागि तीब्रता दिइनेछ । वीरगञ्ज(काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको प्रतिवेदन तयार गर्नेछ । विराटनगर-धरान, पैत्लैया-वीरगञ्ज, भैरहवा-बुटवल र पोखरा उपत्यकामा यातायातको सम्भाव्यता अध्ययन गर्ने बताए ।
त्यसैगरी, जयनगर-जनकपुर कर्ता यातायात सेवा विस्तार गरी विजयपुरसम्म यातायात सञ्चालन गर्नेछ । साथै, विर्तामोड-जलेश्वर-जनकपुरमा रेल सम्भाव्यता अध्ययन गर्ने उनको भनाइ छ ।