मदन भण्डारी राजमार्गको बजेट घट्यो, २ अर्ब ९१ करोड विनियोजन



काठमाडौं । मदन भण्डारी राजमार्गको लागि सरकारले २ अर्ब ९१ करोड विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा जानकारी गराएका हुन् ।

झापाको बाउनडाँगीदेखि डडेलधुराको रुपाल भित्री मधेस क्षेत्रमा अवस्थित ठूला उपत्यका जोड्न निर्माणाधिन मदन भण्डारी राजमार्गको गुल्मी, अर्घाखाँची, डोल्पा र सुर्खेतको स्तरोन्तती गर्नका लागि २ अर्ब ९१ करोड विनियोजन गरिएको छ ।

गत वर्ष मदन भण्डारी राजमार्गका लागि ३ अर्ब २० करोड विनियोजन गरेको थियो ।


क्लिकमान्डु