राष्ट्र बैंकको सञ्चालकमा आचार्य र सिवाकोटी नियुक्त



काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकरप्रसाद आचार्यलाई नियुक्त गरेको छ ।

अर्थमन्त्रीका प्रेसविज्ञ अजित अधिकारीका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटी र आचार्यलाई सञ्चालकमा नियुक्त गरेको हो ।

शिवाकोटी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

राष्ट्र बैंक सञ्चालक सदस्यद्वय रामजी रेग्मी र डा. श्रीराम पौडेलको कार्यकाल सकिएको छ ।

रेग्मी र पौडेलको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा शिवाकोटी र आचार्यलाई सरकारले सञ्चालकमा नियुक्त गरेको हो ।


क्लिकमान्डु