अजोड इन्स्योरेन्सको सीइओ खत्रीको कार्यकाल थपियो
काठमाडौं । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुमारबहादुर खत्रीको कार्यकाल थप भएको छ ।
बीमा समितिले स्वीकृति दिएसँगै कम्पनीको सीइओ पदमा उनी आगामी चार वर्षका लागि दोहोरिएका हुन् ।
वैशाख १६ गते अजोड इन्स्योरेन्सको संचालक समितिले खत्रीलाई सीइओमा पुनः नियुक्त गर्ने निर्णय गरी बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको थियो ।
बीमा समितिले जेठ ९ गते खत्रीको दोस्रो कार्यकाल थप गर्ने स्वीकृति दिएको हो ।
अजोड इन्स्योरेन्स संचालनमा आएदेखि नै खत्रीले कम्पनीको सीइओ पदको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
यसअघि खत्री २०७५ जेठमा इन्स्योरेन्सको सीइओ बनेका थिए ।