शिवम् एग्रोको आम्दानी १२.५७%ले बढ्यो, २०२२ मा रिबान्उड हुने अपेक्षा



काठमाडौं । शिवम् एग्रो उद्योग प्रालिको आम्दानी १२.५७ प्रतिशतले घटेको छ ।

कम्पनीका अनुसार सन् २०२१ मा कोभिड–१९ को प्रभावले प्रिमियम ब्रान्डको चामल बिक्रीमा कमी आउँदा १२.५७ प्रतिशतले आम्दानी घटेको जनाएको छ ।

कम्पनीले सन् २०२० मा १ अर्ब २४ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२१ मा भने कम्पनीले १ अर्ब ८ करोड ५० लाख रुपैयाँ मात्रै आम्दानी गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, सन् २०१९ मा कम्पनीले ९४ करोड ३० लाख रुपैयाँको मात्रै आम्दानी गरेको थियो । जसमा कम्पनीको सन् २०२१ मा २३ प्रतिशतले नाफा घटेको जनाएको छ ।

तर, सन् २०२२ मा कम्पनीको आम्दानी रिबाउन्ड हुने अपेक्षा गरेको छ । कम्पनीअनुसार सन् २०२२ को अर्धवार्षिकमा प्रिमियम ब्रान्डको चामल उच्च रुपमा बिक्री हुने अपेक्षासहित ७५ करोडको आम्दानी हुने अनुमान गरेको छ ।

कम्पनीले विगत लामो समयदेखि धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ । कम्पनीले आन्तरिक उत्पादनसँगै आयातित धानलाई प्रशोधन गर्दै बिक्री वितरण गर्दै आएको छ । कम्पनीको आम्दानी हेर्ने हो भने विगत ३ वर्षदेखि निरन्तर बढाउँदै गएको जनाएको छ ।

धान मौसम अनुकुलको आधारमा उत्पादन हुने गर्दछ । सोहीअनुसार धानको मूल्य पनि उत्पादनको आधारमा तय हुने गर्दछ ।

कम्पनीका अनुसार नेपाल धान उत्पादनको क्षेत्रफल, माग आपूर्तिको अवस्था, मौसमलगायत विभिन्न आधारमा आम्दानी हुने गरेको छ ।

सन् २०१२ देखि शिवम् एग्रोले एग्रो क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै आएको छ । शिवजीप्रसाद शाह कल्वार अध्यक्ष रहेको यस कम्पनीले खाद्यान्न प्रशोधन, दाना उत्पादन, सोया नगेट उत्पादन, खाद्यान्न, ड्राई फ्रूटलगायत र अन्य एग्रो वस्तु आयात गर्दै आएको छ ।

हाद कम्पनीको देशभर २ सय वटा होलसेलर रहेको छ । कम्पनीले मसिनो र लामो चामल ५ केजीदेखि ३० केजीसम्मको विभिन्न ७ वटा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु