भरतपुरमा रेनुले एमालेका सुवेदीलाई १० हजार मतले पछि पारिन्, बागी उम्मेदवार पौडेलको १३ हजार बढी मत



चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार बिजय सुवेदीलाई १० हजार मतले पछि पारेकी छन् ।

पछिल्लो अपडेट अनुसार रेनुले ४३ हजार ६ सय ६ मत प्राप्त गरेकी छन् भने सुवेदीले ३३ हजार ७ सय ३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ३ सय ५० मत प्राप्त गरेका छन् ।

कांग्रेस, माओवादीलगायतका ५ दलको गठबन्धनका तर्फबाट रेनु उम्मेदवार हुन् भने सुवेदी एमाले राप्रपा गठबन्धनका उम्मेदवार हुन् ।

कांग्रेसका पौडेल स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचन लडेका थिए ।

अहिलेसम्मको मतगणनाको अवस्था हेर्दा भरतपुरमा फेरि पनि रेनुले जित्ने पक्का देखिन्छ । माओवादी अध्यक्ष प्रचण्डकी छोरी समेत रहेकी रेनु यसअघि पनि कांग्रेस माओवादी गठबन्धनका तर्फबाट मेयरमा निर्वाचित भएकी थिइन् ।


क्लिकमान्डु