निक्कीकि अध्यक्ष राणालाई द्रौपदी सम्मान



काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणा द्रौपदी सम्मानबाट भारतमा सम्मानित भएकी छन् ।

उनलाई द्रौपदी ड्रीम ट्रस्टले उक्त सम्मान प्रदान गरेको हो ।

द्रौपदी ड्रीम ट्रस्ट प्राचीन पूर्वीय सभ्यता, कला, संस्कृति धर्मलगायत ईतिहासको क्षेत्रमा विगत लामो समयदेखी खोज अनुसन्धानहरुमा संलग्न हुनुका साथै सो सम्बन्धी प्रकाशनहरु समेत गर्दै आईरहेको संस्था हो । राणालाई भारत सरकारका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभलले सम्मान गरेका हुन् ।

राणाले नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा नेपाल तथा भारतबीच धार्मिक पर्यटनको प्रबर्द्धन गर्ने उद्देश्यका साथ ५ वटा धार्मिक पदमार्गचक्रहरु, बुद्धिस्ट सर्किट, महाभारत सर्किट, रामायण सर्किट, शिव–शक्ति सर्किट तथा शिख सर्किटको बिकास तथा सो सम्बन्धी कफीटेबल बुकको प्रकाशन तथा वेवसाइट निर्माण कार्यका लागि अग¬वाई गर्नको साथै दु्ई देश बीचको पारस्परिक सम्बन्धको बिकासका पुर्याउनुभएको योगदानको कदर स्वरुप सो सम्मान प्रदान गरेको हो ।


क्लिकमान्डु