अपडेटः बालेनले १६ हजार ५०० भन्दाबढी मत पाउँदा स्थापितलाई ८ हजार ५ सय मात्रै



काठमाडौं । शुरुवातदेखि नै अग्रता कायम गरेका काठमाडौं महानगरको मेयर पदका उम्मेदवार बालेन साहले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर अझ बढाएका छन् ।

बालेनले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार केशव स्थापितलाई ७ हजार ९८९ मतले पछाडि पारेका छन् । बालेनले अहिलेसम्म १६ हजार ५३७ मत प्राप्त गरेका छन् भने स्थापितले ८ हजार ५४८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कांग्रेस उम्मेदवार सिर्जना सिंहले जम्मा ७ हजार ६९० मत प्राप्त गरेकी छन् ।


क्लिकमान्डु