बालेनले कटाए १६ हजार मत, स्थापितसँगको दूरी ७७ सयभन्दा बढी



काठमाडौं । शुरुवातदेखि नै अग्रता कायम गरेका काठमाडौं महानगरको मेयर पदका उम्मेदवार बालेन साहले निकटम प्रतिद्वन्द्वीसँगको मतान्तर अझ बढाएका छन् ।

बुधबार विहान साढे १० बजेसम्मको मतगणनामा बालेनले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार केशव स्थापितलाई ७ हजार ७०७ मतले पछाडि पारेका छन् । बालेनले अहिलेसम्म १६ हजार ५२ मत प्राप्त गरेका छन् भने स्थापितले ८ हजार ३४५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कांग्रेस उम्मेदवार सिर्जना सिंहले जम्मा ७ हजार ५११ मत प्राप्त गरेकी छन् ।

हालसम्म वडा नम्बर १, २, ३ र ५ को मतगणना सकिएको छ । जसमा बालेनले ३४ प्रतिशतदेखि ३८ प्रतिशतसम्म मत प्राप्त गरेका छन् । साथै भर्खरै मतगणना शुरु भएको वडा नम्बर ७ को १०० मत गणना हुँदा बालेनलाई ४८ मत प्राप्त भएको छ भने सिर्जना सिंहलाई २८ र स्थापितलाई ८ मत प्राप्त गरेका छन् ।

हालसम्म सबै वडामा गरी ४१ हजार १०८ मत गणना भइसकेको छ ।


क्लिकमान्डु