रिभर फल्सको आइपीओमा माग भन्दा ७.५५ गुणा बढी आवेदन, कहिले सम्म भर्ने ?



काठमाडौं । रिभर फल्स पावर कम्पनीको साधारण सेयर (आइपीओ)मा माग भन्दा ७.५५ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले २७ लाख ३० हजार कित्ता निष्काशन गरेकोमा सामुहिक लगानी कोषलाई १ लाख ३६ हजार ५००, कर्मचारीलाई ५४ हजार ६०० कित्ता र बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणलाई निष्काशन गरेको छ ।

बुधबार बिहानसम्म १६ लाख ५७ हजार ९१ जना लगानीकर्ताले १ अर्ब ९१ करोड ७१ लाख रकम बराबरको १ करोड ९१ लाख ७१ हजार कित्ता सेयरको लागि आवेदन परेको छ । यसको निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

लगानीकर्ताले आइपिओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आवेदन आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट दिन सकिने छ ।


आशीष ज्ञवाली