अपडेटः कांग्रेस ११८ स्थानमा बिजयी, १९४ स्थानमा अगाडि, एमाले ६६ स्थानमा बिजयी, १२३ स्थानमा अगाडि, अरुको के छ ?



काठमाडौं । सत्ताधारी पार्टी नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी स्थानमा जित हासिल गरेको छ । माओवादी, एकीकृत समाजवादी, जसपा लगायतसँग गठबन्धन गरेको कांग्रेस ३० वर्षपछि स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनेको हो ।

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । अहिलेसम्मको नतिजा अनुसार ११८ स्थानीय तहको प्रमुखमा कांग्रेसले जितेको छ भने १९७ स्थानीय तहको प्रमुखमा लिड गरेको छ । त्यसैगरी, १०९ उपप्रमुख जितेको छ भने १६७ उपप्रमुखमा कांग्रेसले लिड गरेको छ । यो आधारमा कांग्रेसले ३०० भन्दा बढी ९४० प्रतिशतभन्दा बढी० स्थानीय तहका प्रमुखमा कांग्रेसले जित्ने निश्चित भएको छ । २०७४ सालको स्थानीयन निर्वाचनमा कांग्रेसले २६६ स्थानीय तहको प्रमुख जितेको थियो । जुन ७५३ स्थानीय तहको जम्मा ३५ प्रतिशत हो ।

त्यसैगरी, स्थानीय तहको निर्वाचनमा नेकपा एमाले दोस्रो राजनीतिक दल बन्ने भएको छ । अहिलेसम्म एमालेले ६६ प्रमुख र ७२ उपप्रमुख जितेको छ । त्यसैगरी, १२२ प्रमुख र १४५ उपप्रमुखमा लिड गरेको छ । यस आधारमा एमालेले करीब २०० स्थानीय तह जित्ने देखिन्छ । २०७४ सालको चुनावमा २९४ स्थानमा प्रमुख जितेको थियो । जुन कुल स्थानीय तहको ३९ प्रतिशत हो । तर, यो निर्वाचनमा एमाले धेरै नै खुम्चिएको छ ।

अहिलेसम्मको परिणामअनुसार नेकपा माओवादी केन्द्रले ५३ प्रमुख र ४८ उपप्रमुख जितेको छ । ६२ प्रमुख र ८२ उपप्रमुखमा लिड गरेको छ । यो आधारमा माओवादी १०० देखि ११० स्थानीय तहको प्रमुख जितेर फेरि पनि तेस्रो राजनीतिक दल बन्ने देखिएको छ । २०७४ सालको निर्वाचनमा पनि माओवादी १०६ पालिका जितेको थियो । जुन कुल स्थानीय तहको १४ प्रतिशत हो ।

यो स्थानीय तहको निर्वाचनले माधव नेपालको नेपा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी चौथो वा पाँचौं शक्तिको रुपमा उदाउने देखिन्छ । अहिलेसम्म एकीकृत समाजवादीले ४ स्थानीय तहको प्रमुख जितिसकेको छ भने १८ स्थानको प्रमुखमा लिड गरिरहेको छ । त्यस्तै, ९ उपप्रमुख जितिसकेको छ भने १४ उपप्रमुखमा लिड गरिरहेको छ ।

डा। बाब’राम भट्टराईको जनता समाजवादी पार्टीले अहिलेसम्म २ स्थानीय तहको प्रमुख जितेको छ । जसपाले २७ प्रमुखमा लिड गरिरहेको छ । उसलेले ३ उपप्रमुख जितेको छ भने २७ स्थानमा उपप्रमुखको लिड गरिरहेको छ ।

त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीले अहिलेसम्म एक स्थानीय तह जित्न सकेको छैन । तर, उसले ११ प्रमुख र ९ उपप्रमुखमा लिड गरिरहेको छ ।


क्लिकमान्डु