नेकपा एमालेका अध्यक्ष ओलीले भोट दिएको वडामा कांग्रेसको प्यानल नै विजयी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट दिएको वडामा नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । एमाले अध्यक्ष ओलीले सुर्यविनायक नगरपालिका वडा नम्बर २ मा भोट दिएका थिए ।

सुर्यबिनायक २ नम्बर वडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिश्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएका छन्। यो वडामा वडाध्यक्षसहित कांग्रेसको प्यानल नै निर्वाचित भएको छ।
५ वर्ष अगाडि पनि सो वडामा कांग्रेस विजयी भएको थियो ।


क्लिकमान्डु