बालेन र स्थापितको मतारन्तर करिब २ हजार




काठमाडौं । काठमाडौं महानगरका मेयरका दुई उम्मेदवार बालेन साह र केशव स्थापितबीचको मतान्तर करिब २ हजार पुगेको छ ।

लौरो चिन्ह लिएर चुनावमा होमिएका स्वतन्त्र उम्मेदवार साहले ४ हजार १३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार स्थापितले २ हजार १४८ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले २ हजार ३४ मत प्राप्त गरेकी छन् ।


क्लिकमान्डु