एमालेले १२ पालिका जित्यो १९० मा अगाडि, ९ पालिका जितेको कांग्रेस २५६ ठाउँमा अगाडि



काठमाडौ । नेकपा एमालेले अहिलेसम्म १२ वटा पालिकामा बिजय प्राप्त गरेको छ । त्यसैगरी, १९० पालिकामा अग्रता लिएको छ भने ८ उपप्रमुख जितेको छ । साथै, १९९ उपप्रमुखमा अग्रता लिएको छ । राप्रपा लगायतका दलहरुसँग गठबन्धन गरेको एमाले अघिल्लो निर्वाचनभन्दा कमजोर देखिएको छ ।

अघिल्लो निर्वाचनमा निकै कमजोर रहेको कांग्रेस यसपटक बने बलियो बनेको देखिएको छ । अहिलेसम्मको मतगणना अनुसार कांग्रेसले ९ वटा पालिका प्रमुख र १२ वटा उपप्रमुखमा बिजय प्राप्त गरेको छ ।

त्यस्तै, ललितपुर र बिराटनगर महानगरपालिका सहित २५८ पालिका प्रमुख र २२८ पालिका उपप्रमुखमा कांग्रेसले अग्रता लिएको छ । यसलाई आधार मा नेर हेर्ने भने कांग्रेसले ३०० भन्दा बढी पालिकामा बिजयी प्राप्त गर्ने अनुमान गर्न सकिन्छ ।

कांग्रेसले माओवादी, एकीकृत समाजबादी, जनता समाजबादीलगायतका दलहरुसाग गठबन्धन गरेको छ।

नेकपा एमालेले २०० को हाराहारीमा र माओवादीले १०० को पालिका प्रमुख जित्ने अनुमान गर्न सकिन्छ ।

चौथो शक्तिका लागि एकीकृत समाजबादी र जनता समाजबादीबीच प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म एकीकृत समाजबादीले २ पालिका प्रमुख र २ उपप्रमुख जितिसकेको छ भने पोखरा महानगरसहित १२ पालिका प्रमुख र १७ उपप्रमुखमा अग्रता लिएको छ ।

जनता समाजबादीले भने अहिलेसम्म एउटा पनि पालिका प्रमुख जितेको छैन । तर, जनता समाजबादीले २७ वटा पालिका प्रमुख र उपप्रमुखमा अग्रता लिएको छ ।


क्लिकमान्डु