गुल्मीको रेसुंगा नगरपालिकामा कांग्रेसका खिलध्वज पन्थी विजयी



काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिकामामा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन् ।

मेयरमा निर्वाचित पन्थीले ८ हजार छ सय १४ मत ल्याएका छन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार राजेन्द्र पाण्डेले सात हजार २ सय ६२ मत ल्याएका छन्।

उपमेयरमा पनि नेपाली कांग्रेसकी अमृतादेवी कुँवर विजयी भएकी छन् ।

५ वर्ष अगाडि भएको निर्वाचनमा रेसुंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको थियो । पन्थी गुल्मी कांग्रेसका सभापति समेत हुन् ।


क्लिकमान्डु