श्रमिक तथा कर्मचारीलाई निर्वाचनमा सहभागी हुने व्यवस्था मिलाउनुः महासंघ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिक तथा कर्मचारीलाई निर्वाचनमा सहभागी हुने व्यवस्था मिलाउन उद्योग-प्रतिष्ठानलाई आग्रह गरेको छ ।

महासंघले स्थानीय तहको निर्वाचनका लागि उद्योग-प्रतिष्ठानमा काम गर्ने श्रमिक-कर्मचारीलाई निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउने गरी सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

‘निर्वाचनका दिन निजी क्षेत्रका उद्योग-प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक-कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउने गरी सहयोग हुन सम्बन्धित सबैमा नेपाल उद्योग वाणिज्य महासंघ हार्दिक अनुरोध गर्दछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु