मन्त्री बडू र बंलगादेशका राजदुतबीच व्यापार सम्झौता अगाडी बढाउन छलफल, कर घटाउने



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीबीच व्यापार सम्झौता अगाडी बढाउने विषयमा छलफल भएको छ ।

सन् २०२० देखि नेपाल र बंगलादेश सरकारबीच व्यापार सम्झौता गर्ने र विभिन्न बस्तुको व्यापारमा कर र गैर कर अवरोध हटाउने विषयमा छलफल चल्दै आएको छ ।
उक्त व्यापार सम्झौताले दुई देशबीच व्यापार हुदाँ केही बस्तुमा गैर र गैरकर हटाउने प्रारम्भिक सहमति पनि भएको छ ।

मन्त्री बडूले दुई देशबीच व्यापार सम्झौताका लागि छलफल भइरहेको र यसबाट दुवै देशलाई फाइदा हुने गरी व्यापार प्रवर्द्धनमा उपयोग गरिने बताए । सम्झौताका लागि बंगलादेश सरकारबाट प्राप्त प्रस्तावमा विभिन्न तहमा छलफल भइरहेकाले चाँडै बंगलादेश पक्षलाई नेपालको राय पठाउने जानकारी मन्त्री बडूले गराए ।

मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री बडू र राजदूत चौधरी बीच दुई देशबीचको सम्बन्धलाई ऊर्जा विकास, व्यापार सहजीकरण गर्ने विषयमा पनि छलफल भएको थियो ।


क्लिकमान्डु