देश फेलियर स्टेटतर्फ लाग्यो, केही समयपछि तलब र भत्ता नपाए अनौठो नमान्नु: केपी ओली



काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने देश फेलियर स्टेट भइसकेको बताएका छन् ।

आइतबार एक कार्यक्रममा बोल्दै उनले भने, ‘देशमा आर्थिक संकट चरम अवस्थामा पुग्यो, श्रीलंका बन्ने अवस्थामा पुगिसकेको छ ।’

उनले अब कर्मचारीहरुले केही समयपछि तलब तथा सामाजिक सुरक्षा वापतको भत्ता नपाउने अवस्था आइसकेको छ । यदि तपाईंहरुले तलब र भत्ता पाउनु भएन भने अनौठो नहुने बताए ।

उनले देशमा रेमिट्यान्स आउन कम भइसकेको र भ्रष्टाचार बढेको भन्दै अब केही समयपछि विदेश जान पनि नपाउने अवस्था आउन लागेको बताए ।


क्लिकमान्डु